७ पुष २०८२, सोमबार
समाचार समाज

काठमाडौंमा राति १ बजेसम्म देउसी खेल्न पाइने, नगर प्रहरीले ‘पेट्रोलिङ’ गर्ने

२४ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकामा राति एक बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ ।

महानगरपालिकाले नगर प्रहरीको पेट्रोलिङमा देउसी भैलो खेल्ने समय एक बजेसम्म राखिएको महानगरका मेयर बालेन साहले जनाएका छन् ।

मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो वर्ष काठमाडौं महानगर नगरप्रहरीले राति एक बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यवस्था मिलाएका छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हार्दिक अनुरोध गर्दछौं, सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौं।’

अघिल्ला वर्षहरुमा महानगरमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने नियम थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि