७ जेष्ठ २०८१, सोमबार
बागमती समाचार समाज स्वास्थ्य

म्याद गुज्रिएको दुधवरी बेच्ने टिपटपलाई दुई लाख जरिवाना

१ असोज, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले म्याद गुज्रिएको दुधवरी बेच्ने टिपटप समोसा पसललाई रु. दुई लाख जरिवाना गरेको छ ।

बजार अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका वडा नं १७ मा सञ्चालित उक्त मिठाई पसलले अखाद्य वस्तु बेचेको पाइएपछि दुई लाख जरिवाना गरिएको काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

दीपकराज थपलियाले सञ्चालन गरेको उक्त मिठाई पसलले उत्पादन गरेको सामान म्याद गुज्रिएर बिग्रिएको पाइएपछि जरिवाना गरेको प्रहरी प्रमुख पाण्डेले बताए ।

महानगरपालिकाले पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारीको बोलिबचन सुधार गर्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्न आदेश समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्