२८ आश्विन २०८३, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ । संसदीय सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ गर्ने भएको छ।

समितिको बैठक बुधबार बिहान ८ः३० बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने तय भएको छ।

बैठकमा लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि प्रस्तावित डा. मंचला कुमारी झा, मलेसियाका लागि प्रस्तावित चुडामणि खरेल, जापानका लागि प्रस्तावित जीज्ञान कुमार थापा र साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनारलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, विभिन्न १३ मित्रराष्ट्रका लागि नेपाली राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको नियुक्तिका लागि उपयुक्तता तथा अनुपयुक्ततासम्बन्धी निर्णय गरी सम्बन्धित निकायमा सिफारिस गर्ने कार्यसूची पनि रहेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि