२५ आश्विन २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा जोखिम न्यूनीकरण तथा उद्धार कार्यमा जुट्न यातायात व्यवसायी, मजदुर र सर्वसाधारणलाई अपिल गरेको छ ।

महासंघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीबाट ठूलो मात्रामा जनधनको क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको जनाउँदै प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

बाढीको जोखिम अझै कायम रहन सक्ने भएकाले नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षा निकायबाट जारी निर्देशन पालना गर्न महासंघले अनुरोध गरेको छ ।

महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँद्वारा जारी विज्ञप्तिमा यस दुःखद घडीमा सबैले आ–आफ्नो स्थानबाट जोखिम न्यूनीकरण र उद्धार कार्यमा सहयोग गर्नुपर्नेमा जोड दिइएको छ ।

महासंघले बाढी प्रभावित क्षेत्रमा मानवीय सहायता तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन यातायात व्यवसायी, यातायात मजदुरलगायत सम्पूर्ण सर्वसाधारणलाई सहयोगका लागि आह्वान गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि