३१ असार २०८३, बुधबार
मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

सुदूरपश्चिममा एमालेका चार जना मन्त्रीहरूलाई गरियो बर्खास्त

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै चार जना मन्त्रीहरूलाई बर्खास्त गरेका छन् ।

यसअघि मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेका मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाएर बजेटबारे पार्टीको आधिकारिक धारणा मागेका थिए ।

शाहले सरकारमै बसेर बजेटको विरोध गर्नु उपयुक्त नभएको भन्दै कि बजेट पारित गर्न सहयोग गर्न, कि सरकारबाट बाहिरिन वा समर्थन फिर्ता लिन विकल्प दिएका थिए ।

शाहले एमालेबाट मन्त्री बनेका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र बहादुर पाल, आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की, भूमी व्यवस्था कृर्षि तथा सहकारी मन्त्री वीर बहादुर थापा र भौतीक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई बर्खास्त गरेका हुन् । अब अध्यादेश मार्फत बजेट ल्याउने तयरीमा मुख्यमन्त्री शाह जुटेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि