सप्तरी । सप्तरीको खडक नगरपालिका वडा नम्बर ३ लाई एक विशेष समारोहका बीच पूर्ण बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन पद्धति र व्यवहार : समृद्ध खडकको आधारू भन्ने मुख्य नाराका साथ आज (बिहीबार) एक औपचारिक सभाको आयोजना गरी यो घोषणा गरिएको हो ।
खडक नगरपालिका-३ स्थित स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित उक्त घोषणा सभामा स्थानीय जनप्रतिनिधि, बाल सञ्जालका प्रतिनिधि, नागरिक समाज, बुद्धिजिवि तथा स्थानीय बासिन्दाहरूको ठूलो उपस्थिति रहेको थियो । वडालाई बालमैत्री बनाउन तय गरिएका विभिन्न सूचकहरू पूरा गरेपछि यो ऐतिहासिक घोषणा सम्भव भएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले बालअधिकारको संरक्षण, बालसहभागिता र बालविकासका लागि चालिएका कदमहरूलाई निरन्तरता दिँदै व्यवहारमा समेत बालमैत्री संस्कारलाई संस्थागत गर्ने प्रतिबद्धता जनाएका छन् ।
उक्त अभियानलाई सफल बनाउन प्राविधिक तथा स्थानीय स्तरमा सेभ द चिल्ड्रेन ९क्बखभ तजभ ऋजष्मिचभल० लगायतका संस्थाहरूले सहकार्य गरेका थिए। वडालाई बालमैत्री घोषणा गरिएसँगै स्थानीय बालबालिकाहरूमा खुसीयाली छाएको छ ।











