३ असार २०८३, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ दशमलव ५ प्रतिशत निश्चित लाभांशदर भएको २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव विशेष साधारणसभाबाट पारित गरेको छ ।

असार ३ गते सम्पन्न सभाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको हो । अब बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएपछि संस्थागत लगानीकर्तालाई परिपत्र विधिमार्फत शेयर बिक्री गर्नेछ । वितरणयोग्य मुनाफा भएको वर्षमा मात्र लाभांश दिने व्यवस्था रहेको उक्त शेयर दोस्रो बजारमा समेत कारोबार गर्न सकिनेछ । हाल बैंकको चुक्तापूँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि