२० जेष्ठ २०८३, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार

सञ्चार मन्त्री तिमिल्सिना र स्टारलिंककी निर्देशक हन्टरबिच भेटवार्ता

काठमाडौं । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र स्याटेलाईट प्रविधिमा आधारित इन्टरनेट सेवा प्रदायक अन्तर्राष्ट्रिय कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरबिच भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा उनीहरू भेटवार्ता भएको हो ।

भेटका क्रममा हन्टरले स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको तर केही नीतिगत तथा कानुनी जटिलताका कारण अनुमति पाउन नसकेको बताइन् । लाइसेन्समा शतप्रतिशत स्टारलिंककै स्वामित्व भए मात्र अनुमति लिन सकिने धारणा उनले राखिन् । व्यावसायिक साझेदारी तथा सहकार्यका लागि नेपालका केही सेवा प्रदायकहरूसँग छलफल भइरहेको उनले जानकारी गराइन् ।

यो भेटमा सञ्चार मन्त्री डा। तिमिल्सिनाले नेपालको विद्यमान दूरसञ्चार नीति तथा कानुनी व्यवस्थाअनुसार वैधानिक प्रक्रिया अनुरूप सेवा सञ्चालन गर्न कुनै अवरोध नहुने बताए ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको