२९ बैशाख २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार

सकारले जेनजी आन्दोलनका शहीद र घाइतेकोे योगदान बिर्सिदै गयो :सांसद खतिवडा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका शहीद र घाइतेप्रति सरकारले अझै न्याय दिन नसकेको बताएकी छिन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले जेनजी आन्दोलनमा बलिदान दिएका नागरिकको योगदान बिर्सिदै गएको भन्दै आन्दोलनका क्रममा निर्दोष जनतामाथि गोली चलाउने दोषीहरूलाई कानुनी कठघरामा ल्याउन माग गरिन् ।
उनले युवाहरूको सपना र भविष्यमा आक्रमण गर्ने दोषीलाई कहिले सर्वसाधारणलाई राख्ने जेलमा देख्न पाइन्छ? भनेर प्रश्न समेत गरिन् ।
उनले भनिन्,‘आज देश परिवपर्तनको नयाँ चरणमा पुगेको छ । तर जुन जेनजी आन्दोलनको शहीद तथा घाइतेको रगतमा टेकेर जनादेश आएको थियो, उनीहरुलाई विर्सिदै गएका हौं ? शहीद परिवार र घाइतेको मनमा न्यायको मलम अझै लागेको छैन् । सदनमार्फत म यो प्रश्न गर्न चाहन्छु–के निर्दोष जनतामाथि गोली चलाएर युवाहरुको सपना र भविष्यमाथि आक्रमण भएको छ, ति दोषिलाई जेलमा देख्न पाउँछौं ?’
उनले न्यायपालिकाप्रति पनि असन्तुष्टि व्यक्त गर्दै न्यायालयमा शुद्धीकरण आवश्यक रहेको बताइन्।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको