२९ बैशाख २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार

बदलिएको भनिएको कांग्रेस यथास्थितिमै रमायो, परम्परागत निर्णयले पार्टी चल्दैन : नेता राई

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय कार्य समितिमा थपिएका १९ केन्द्रीय सदस्यहरुप्रति केही युवा नेताहरुले आपत्ति जनाएका छन् ।

लामो समयदेखि पार्टीमा अवसर नपाएका युवा नेताहरु, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूले निर्णयको विरोध गरेका हुन् ।
नेपाल विद्यार्थी संघ एवम तरुण दलमा समेत लामो समय काम गरेर कांग्रेसको सक्रिय राजनीतिमा रहेका युवा नेता लावस राईले बदलिएको भनिएको पार्टीले परम्परागत निर्णय गरको आरोप लगाए ।

‘पूरानै टेस्टेट नेताहरुलाई अवसर प्रदान गर्दा कांग्रेस कसरी बदलिन्छ । पटक पटक अवसर पाएका र टेस्ट भइसकेका नेताहरुबाट पार्टी रुपान्तरण हुन्छ भन्नेमा विश्वस्त हुन सकिदैन । पार्टी परम्परागत तथा क्लासिकल शैलीले चल्दैन,’ नेता राईले भने ।
०६२–०६३ को आन्दोलनमा झन्डा बोकेका युवाहरुको काँधमा टेकेर अवसर पाएका नेताहरुले पार्टीभित्रको यथास्थितिलाई भत्काउन नसक्ने राईको दाबी छ ।

‘यथास्थितिमा रमाउने नेताहरुबाट कांग्रेस रुपान्तरण वा बदलिन सक्दैन । गुट–उपगुटमा रमाएर अवसर खोज्नेहरुले यथास्थितिलाई भत्काउन सक्दैनन् । कांग्रेसभित्र अब उर्जा र नयाँ विचार बोकेका जुझारु व्यक्तिहरुले अवसर पाउनुपर्छ,’ उनले भने ।

सभापति थापाले सोमबार मात्र १९ केन्द्रीय सदस्य थप गरेका हुन् । पर्याप्त परामर्श र छलफल विना नै नयाँ सदस्यहरु थप गर्दा कांग्रेसभित्र फेरि आन्तरिक मतभेद बढेको देखिएको हो ।
सभापति गगन थापाले हालै केन्द्रीय समितिमा कोइराला र देउवासमुहका १९ जनालाई सदस्यहरू मनोनयन गरेका थिए ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको