५ चैत्र २०८२, बिहीबार
मधेश मुख्‍य समाचार समाचार

सर्लाहीबाट ११ हजार विद्यार्थीले एसईई दिँदै

सर्लाही । सर्लाहीबाट यस वर्ष माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा करिब ११ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।

आगामी चैत १९ गतेदेखि देशभर एकसाथ सुरु हुने परीक्षामा जिल्लाबाट कुल ११ हजार ३७१ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई मलङ्गवाले जनाएको छ ।

इकाईका अनुसार नियमिततर्फ १० हजार २८५ र ग्रेड वृद्धितर्फ १ हजार ८६ जना परीक्षार्थी एसइईमा सहभागी हुनेछन्। यस वर्ष सर्लाहीमा ३५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । विद्यार्थीलाई सहज हुने गरी पायक पर्ने स्थानमा परीक्षा केन्द्र तोकिएको छ ।

प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीका लागि भने जिल्ला सदरमुकाम मलङ्गवास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सर्लाहीमा प्राविधिक धारतर्फ नियमित परीक्षा दिने ३३१ जना र ग्रेड वृद्धितर्फ १६ जना परीक्षार्थी रहेको जनाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि