३० फाल्गुन २०८२, शनिबार
मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह, आश्वासन पूरा गर्नुहोला

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले बालेन्द्र शाह (बालेन) लाई भाषणमा भनेका कुरा पूरा गर्न आग्रह गरेका छन् ।

शनिबार जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालयमा आयोजित भवन शिलान्यास कार्यक्रममा धारणा राख्दै मुख्यमन्त्री यादवले प्रदेश सरकारले पाउन बाँकी रहेको अधिकार बालेन नेतृत्वको सरकारले पूरा गर्नेमा आशावादी रहेको बताए ।

उनले प्रदेश सरकारको मातहतमा हालसम्म आफ्नो प्रहरी नभएको गुनासो सुनाए । उनले जनकपुरधाममा बालेनले काठमाडौं घुम्न मात्र आउनु अधिकार माग्न नआउनु भनेको स्मरण गराउँदै प्रदेशलाई आवश्यक रहेको अधिकार अब दिनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री यादवले हालै सम्पन्न निर्वाचनमा प्रहरी प्रशासनले खेलेको भूमिकाको प्रशंसा गर्दै सुरक्षित र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन प्रहरीले खेलेको भूमिकाप्रति बधाई ज्ञापन गरेका छन् ।

जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालय परिसरमा मधेस प्रदेश सरकारको बजेटबाट प्रहरीका लागि ब्यारेक र मेष निर्माण हुन लागेको हो । प्रदेश सरकारले ब्यारेक र मेष निर्माणका निम्ति जम्मा ११ करोड ४ लाख ५३ हजार ७१२ रुपैयाँ पाँच पैसा बजेट प्रदेश प्रहरी कार्यालयलाई दिएको छ ।

उक्त ब्यारेक र मेष निर्माण कार्य १८ महिना भित्र सम्पन्न गर्ने सहमति भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि