७ फाल्गुन २०८२, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मतदाता शिक्षा र निष्पक्ष मतदानको सन्देश दिदैँ देशभर आज निर्वाचन दिवस मनाइँदै

काठमाडौं । नेपालमा पहिलो पटक आम निर्वाचन सुरु भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर निर्वाचन दिवस मनाइँदै छ। निर्वाचन आयोगले विसं २०१५ साल फागुन ७ गतेबाट सुरु भएको आम निर्वाचनको सम्झनामा यस दिनलाई निर्वाचन दिवसका रूपमा मनाउँदै आएको हो ।

२०१५ सालको आम निर्वाचन नेपालको लोकतान्त्रिक अभ्यासको पहिलो महत्वपूर्ण चरण मानिन्छ । सो निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत अर्थात् ७४ सिट प्राप्त गरेको थियो भने कुल १६ वटा राजनीतिक दलले सहभागिता जनाएका थिए। यही निर्वाचनबाट पहिलो पटक नेपाली नागरिकहरूले सार्वभौम मताधिकार प्रयोग गर्ने अवसर पाएका थिए।

निर्वाचन दिवसको अवसरमा आयोगको नेतृत्वमा आज देशभर विभिन्न कार्यक्रम, अन्तरक्रिया, जनचेतनामूलक अभियान तथा पैरवी कार्यक्रम सञ्चालन भइरहेका छन्। विशेष गरी मतदाता शिक्षा प्रवद्र्धन, स्वच्छ र निष्पक्ष मतदानको सुनिश्चितता तथा लोकतान्त्रिक अभ्यास सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोगले जनाएको छ ।

नेपालमा निर्वाचन दिवस औपचारिक रूपमा विसं २०७३ सालदेखि मनाउन थालिएको हो। पहिलो निर्वाचन प्रारम्भ भएको दिनलाई लोकतान्त्रिक अभ्यासको ऐतिहासिक मोडका रूपमा स्मरण गर्दै प्रत्येक वर्ष यो दिवस मनाइँदै आएको छ ।

यस वर्षको निर्वाचन दिवस लोकतान्त्रिक अभ्यासप्रति जनचेतना अभिवृद्धि गर्दै नागरिक सहभागिता बढाउने सन्देशसहित देशभर उल्लासपूर्ण वातावरणमा मनाइँदै छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि