२० माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रास्वपाका सभापति रवि लामिछाने अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्।

माघ ५ गते जनकपुरमा सम्पन्न एक कार्यक्रममा सहभागी हुने क्रममा उनको देब्रे खुट्टामा लागेको सामान्य चोट समयक्रममा बढ्दै छालाको भित्री तहमा संक्रमण (सेलुलाइटिस) देखिएपछि अस्पताल भर्ना गरिएको हो।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार उक्त संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै राखी चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार आवश्यक ठहर गरिएको छ । हाल सभापति लामिछाने सोही अस्पतालमा उपचाररत छन्।

चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार तथा स्वास्थ्यमा सुधार आएपछि मात्र उनी नियमित राजनीतिक तथा सांगठनिक गतिविधिमा फर्किने उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए ।

सभापति लामिछाने सार्वजनिक रूपमा नदेखिनु भएको विषयमा चासो, चिन्ता र शुभेच्छा व्यक्त गर्ने सबैप्रति एक सूचना मार्फत रास्वपाले धन्यवाद व्यक्त गरेको छ । साथै, अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर नपरोस् र अस्पताल प्रशासनलाई असहजता नहोस् भन्ने उद्देश्यले भेटघाटका लागि अस्पताल नआइदिन पार्टीले अनुरोध गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि