६ माघ २०८२, मंगलवार
मधेश मुख्‍य समाचार समाचार समाज

आइजीपी दानबहादुर कार्कीद्वारा मानवसेवा आश्रम वीरगञ्ज शाखालाई खाद्यान्न सहयाेग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले बिहीबार वीरगञ्ज महानगरपालिका–२५ सिरिसियास्थित मानवसेवा आश्रम वीरगञ्ज शाखाको अवलोकन गर्नुभएको छ।

अवलोकनका क्रममा आइजीपी कार्कीले आश्रमका आश्रितहरूकाे सेवा सहजीकरणका लागि खाद्यान्न सामग्री वितरणसँगै दिउँसोको खाजा सेवा प्रदान गर्नुभएको थियो। साथै आश्रितहरूका लागि अति आवश्यक पर्ने खाद्यान्न सामग्री, फलफूलसहित नगद १० हजार रूपैयाँ योगदान गर्नुभएको हाे।

उक्त कार्यक्रममा मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया र पर्सा जिल्ला प्रहरी प्रमुख सुदीपराज पाठक, मानवसेवा आश्रमका अभिभावक प्रकाश थारु, कमल चौगाई, डा. निरज सिंह, डा.प्रिति यादव, मौसमी राणा, डा बिषेश्वर यादव लगायतकाे उपस्थिति रहेको थियो।

आइजीपी कार्कीले मानवसेवा आश्रमले गरिरहेको मानवीय सेवाकाे प्रशंसा गर्दै नेपाल प्रहरीले आश्रमको सुरक्षाका लागि २४ सै घण्टा एक जना प्रहरी खटाइएको बारेमा जानकारी दिनुभयो। साथै आगामी दिनमा पनि नेपाल प्रहरीको तर्फबाट आवश्यक सहयोग र साथ निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि