१ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

लायन्स क्लब अफ काठमाडौँ आभूषणद्वारा मानवसेवा आश्रम चितवन शाखामा खाद्यान्न तथा न्यानो कपडा सहयोग

चितवन। लायन्स क्लब अफ काठमाडौँ आभूषणले मानवसेवा आश्रमका आश्रिहरूको सेवाका लागि खाद्यान्न सामग्रीसँगै न्यानो कपडा वितरण गरेकाे छ ।

आइतबार मानवसेवा आश्रम चितवन शाखाको संरक्षणमा रहेका ९९ जना आश्रितहरूको सेवा सहजीकरणका लागि उक्त खाद्यान्न वितरण गरिएको हो। यस सहयोगले आश्रममा आश्रित व्यक्तिहरूको दैनिक भोजन तथा जाडो मौसममा आवश्यक न्यानो कपडाको व्यवस्थापनमा टेवा पुगेको श्रमले जनाएको छ।

मानवसेवा आश्रमले सडकआश्रित, असहाय तथा सहयोगापेक्षी व्यक्तिहरूको उद्धार, संरक्षिण, उपचार र पुनर्स्थापनाका लागि निरन्तर कार्य गर्दै आएको छ। आश्रमले यस्ता मानवीय सेवामा सहयोग पुर्‍याउने लायन्स क्लब अफ काठमाडौँ आभूषणप्रति आभार व्यक्त गरेको छ।

आश्रमले वि.सं  २०८२ भित्रै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घाेषणा गर्न अभियान तीव्र पारेकाे छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि