१३ फाल्गुन २०८२, बुधबार
मधेश मुख्‍य समाचार समाचार समाज

पुरानो रिसिबीका कारण छिमेकीद्वारा दुई युवामाथि छुरा प्रहार

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं.१६ घुसुकपुरमा मंगलबार साँझ दुई जना युवामाथि धारिलो हतियार प्रहार भएको छ ।

घरअगाडि आगो ताप्दै बसेका विकास महतो र सुरज महतोलाई उनीहरूकै छिमेकीले धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन्। घाइते दुवै जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार मंगलबार साँझ करिब ६ः४५ बजे घरअगाडि आगो ताप्दै बसेका बेला पुरानो रिसिबीका कारण छिमेकीले विकास र सुरजमाथि धारिलो हतियार प्रहार भएको हो ।

घटनामा विकासको टाउकोमा र सुरजको पेटमा चोट लागेको उनले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धान अनुसार घाइते र आक्रमणकर्ताबीच यसअघि पनि विवाद भएको र सोही रिसिबीका कारण घटना घटेको देखिएको एसपी पाठकले बताए । घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको उनको भनाइ छ।

अस्पतालमा कार्यरत चिकित्सकहरूका अनुसार घाइते दुवैको स्वास्थ्य अवस्था हाल चिन्ताजनक छैन। घाइते युवाहरूले आफूहरू आगो ताप्दै बसेको बेला अचानक छिमेकीले छुरा प्रहार गरी घाइते बनाएको बताएका छन्।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि