१४ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विधायन व्यवस्थापन समितिमा चलचित्र विधेयकमाथि छलफल

काठमाडौं । विधायन व्यवस्थापन समितिमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल भएको छ ।
बिहीबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलको उपस्थितिमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल भएको हो ।
छलफलमा सञ्चार मन्त्रालयकी सचिव राधिका अर्यालले चलचित्र विकास बोर्डले बजेट स्वीकृत गरेतापनि चलचित्र क्षेत्रको दिर्घकालिन योजना नीति तथा कार्यक्रममा मन्त्रालयको सहमति लिने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।
उनले चलचित्र अभिनय गर्ने मात्र काम नभई अर्थतन्त्रको एउटा पाटो भएकाले यसलाई उद्योगका रुपमा सरकारले अगाडि बढाएको बताइन् ।
उनले भनिन्,‘कतिपय विषयहरु मर्ज गर्न मिल्ने पनि छन् ,कति दोहोरिएर पनि आएको देखिन्छ । बजेट बोर्डले स्वीकृत गरेपनि चलचित्र क्षेत्रको दिर्घकालिन योजना नीति तथा कार्यक्रम मन्त्रालयले हेर्नुपर्छ । मन्त्रालयलाई त्यसमा जोड्नुपर्ने हुन्छ । चलचित्र अभिनय गर्ने मात्र काम होइन्, अर्थतन्त्रको एउटा पाटो पनि हो । यसलाई उद्दोगको रुपमा लानुपर्छ भनिरहँदा धेरै कुरा जोडिएर आउँछन् । बजेट बोर्डले स्वीकृत गरेपनि दिर्घकालिन योजना नीति तथा कार्यक्रममा मन्त्रालयको सहमति लिने व्यस्था गरेर जाँदा मन्त्रालय र बोर्डबीचको काम गराइमा पनि सहज हुन्छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि