७ माघ २०८२, बुधबार
मधेश मुख्‍य समाचार समाचार

कुमारी माता र कुमार बम्जनद्वारा रौतहट शाखामा आश्रित बुवाहरूका लागि सिरक डसना हस्तान्तरण

रौतहट। मानवसेवा आश्रमले गत भाद्र ८ गते रौतहटको चन्द्रपुर नगरपालिका–७ स्थितबनबहुअरीमा आफ्नो २० औँ शाखा सञ्चालन गर्दै सहयोगापेक्षी बुवाहरूलाई गृह प्रवेश गराई औपचारिक रूपमा सेवा सुरु गरेको हो।

पछिल्लो समय रौतहटका स्थानीय दाताहरू र समाजसेवकहरूले आश्रममा रहनुभएका आश्रितहरूको सेवा व्यवस्थापनमा सहजता प्रदान गर्ने उद्देश्यले निरन्तर सहयोग गरिरहेका छन्। यसै क्रममा चन्द्रपुर नगरपालिका–४ निवासी कुमारी माता र कुमार बम्जनले शाखाका आश्रित बुवाहरूका लागि जाडो मौसममा उपयोगी सिरक र सिरानी हस्तान्तरण गर्नुभएको छ।

शाखाले हालसम्म ६६ जनाको उद्धार र २३ जनाको पारिवारिक पुनर्मिलन कार्य सम्पन्न गरिसकेको छ। चन्द्रपुर नगरपालिका–७ बनबहुअरीमा हाल  ३५ जना बुवाहरू आश्रममा रहँदै आएका छन्।

मानवसेवा आश्रम विगत १३ वर्षदेखि खुला सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन यापन गर्न विवश, सहयोगापेक्षी, बेसहारा, अशक्त, अभिभावकविहीन तथा शारीरिक तथा मानसिक रूपमा कमजोर व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण र पारिवारिक पुनर्मिलन गर्दै आएको छ।

आश्रमले २०८२ भित्रै देशभर उद्धार अभियान सञ्चालन गर्दै सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र नेपाल घोषणा गर्ने लक्ष्य राखेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि