१२ पुष २०८२, शनिबार
मधेश मुख्‍य समाचार समाचार समाज

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

मलङ्गवा सर्लाही, १० पुसः यहाँको बलरा नगरपालिका–१० सुदमामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका कार्यालय सहयोगीको मृत्यु भएको छ ।

सुदामा ब्यारेजमा मप्र ०३–०२ प ३७४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिका–१ खैर्वा निवासी ४० वर्षीय सञ्जय यादवको मृत्यु भएको सर्लाहीका प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए।

स्थानीयले आज बिहान मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा र यादवलाई मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो । रामनगर–५ स्थित गाउँपालिका अध्यक्ष राजाबाबु यादवको घरबाट बुधबार साँझ यादव गाउँपालिकाकै मोटरसाइकल चढेर घरतर्फ फर्किँदा दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि