५ पुष २०८२, शनिबार
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

मधेसका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने

सर्लाही । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका यादवले सरकारको औपचारिक स्थायित्वका लागि विश्वासको मत लिन लागेका हुन् ।

सात राजनीतिक दलको समर्थनमा यादव मुख्यमन्त्री बनेका हुन् ।कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका गरी ७७ जना सांसदको समर्थनमा उनले सरकारको नेतृत्व गरिरहेका छन् ।

विश्वासको मत अघि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन्। हाल सरकारमा मुख्यमन्त्री यादवसहित जनमत पार्टीका महेश प्रसाद यादव, कांग्रेसका जंगीलाल राय र नेकपा (एकीकृत समाजवादी) का कनिष पटेल मन्त्रीका रूपमा रहेका छन् । यद्यपि सरकारलाई समर्थन गरेका लोसपा, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टी भने हालसम्म मन्त्रिपरिषद्मा सहभागी भएका छैनन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि