५ पुष २०८२, शनिबार
मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सरकारले चुनाव गराउन सक्छ भन्ने निश्चित देखिदैन : नेता कार्की

जनकपुर । जनता समाजवादी पार्टी नेपालका नेता एवम विघटित प्रतिनिधि सभा सदस्य दिपक कार्कीले अहिलेको सरकारले चुनाव गराउन सक्छ भन्ने निश्चित नरहेको बताएका छन् ।

आइतबार जसपा नेपालको जनकपुर उपमहानगरपालिकाको नगर अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेता कार्कीले चुनावका लागि जसपा नेपालले आफ्नो तयारी जोड तोडले गरिरहेको भएतापनि सरकारले चुनाव गराउन सक्छ भन्नेमा विश्वस्त नरेहेका धारणा राखेका छन् । चुनाव गराउन सरकार लागिपरेको जस्तो देखिएतापनि अहिले चुनावको लागि बाधक बन्न सक्ने तत्वहरु व्यापक रहेको उनले बताए ।

नेता कार्कीले जेलबाट फरार कैदीबन्दी, हिमाली क्षेत्रको मौसम, नेताहरु संगको समन्वयलगायतका कुराहरुले चुनावमा बाधा सृजना गर्न सक्ने बताए ।

उनले चुनाव हुने नहुने सरकारको विषय रहेकोले आफूहरुले आफ्नो तर्फबाट तयारी गर्न कुनै कसर नछाडेको जानकारी दिए । केन्द्र देखि जिल्ला र वडासम्म जसपा नेपालले चुनाव केन्द्रीत कार्यक्रमहरुलाई अगाडि बढाएको नेता कार्कीले बताए ।

जेनजीले अहिले उठाएका मागहरु जसपा नेपालले धेरै पहिला देखिनै उठाएको नेता कार्कीले सबैलाई स्मरण गराए ।

नगर अधिवेशनको उद्घाटन सत्र आज सम्पन्न भएको छ । भोली नयाँ समिति गठन हुने नगर अध्यक्ष विष्णुदेव साहले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि