३ फाल्गुन २०८२, आईतवार
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

वीरगञ्जको बीपी उद्यान क्षेत्रमा चल्यो महानगरको डोजर

रौतहट । पर्साको वीरगञ्जस्थित बीपी उद्यान क्षेत्रमा रहेको अस्थायी संरचनाहरूमा महानगरपालिकाले डोजर चलाएको छ ।
वीरगञ्ज महानगरपालिकाले आइतबार बिहानै वीरगञ्जको घण्टाघर नजिक रहेको सो क्षेत्रमा डोजर प्रयोग गरी खाली गराउने कार्य सुरु गरेको हो । महानगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा नगर र सशस्त्र प्रहरीको सहयोगमा खाली गराउने कार्य भएको स्थानीयले बताएका छन् ।
बीपी उद्यान खाली गराइएसँगै स्थानीयवासीहरूले सार्वजनिक स्थल संरक्षणमा महानगरपालिकाले गरेको कार्य सकारात्मक रहेको प्रतिक्रिया दिए । वीरगञ्ज महानगरपालिका प्रमुख सिंहले सार्वजनिक स्थलको संरक्षण र शहरलाई व्यवस्थित बनाउने योजना अनुसार डोजर चलाएको बताए ।
यो स्थानमा ट्राफिक जाम, फोहरमैलालगायत अन्य समस्या हुँदै आएकाले व्यवस्थापन गरिन लागेको उनको भनाइ छ । महानगरपालिकाले छपकैयास्थित रेल्वे रोड छेउमा करिब ७० लाख रुपैयाँको लागतमा २८ सटरसहित नयाँ सुविधा सम्पन्न थोक तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ ।
बीपी उद्यानका व्यवसायीहरूलाई नयाँ बजारमा स्थानान्तरण गर्ने योजना पनि यसमा समेटिएको महानगरपालिकाले जनाएको छ ।
यद्यपी, बीपी उद्यान क्षेत्रमा रहेका तरकारी तथा फलफूल व्यवसायीहरू आक्रोशित बनेका छन् । उनीहरूले घण्टाघरमा भेला भई आफ्नो दैनिक आम्दानीको स्रोत गुमेको भन्दै महानगरको कार्यशैलीप्रति आपत्ति जनाएका छन ।
महानगरपालिकाका अनुसार हालसम्म कुनै अप्रिय घटना नघटेको र स्थिति पूर्ण रूपमा नियन्त्रणमा रहेको पनि जनाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि