३ फाल्गुन २०८२, आईतवार
मधेश मुख्‍य समाचार समाचार समाज

उदयपुरका दनुवार समुदाय नेमान पर्व मनाउँदै

कटारी उदयपुर २४ मङ्सिरः उदयपुरका अतिसीमान्तकृत दनुवार समुदाय न्वाङ्गी नेमान पर्व मनाउँदै छन् । समुदायले धान काटेर भित्र्याएसँगै यो पर्व मनाउने गर्दछन् ।

जिल्लास्थित दनुवार जागरण समाजका अध्यक्ष कृष्णराज दनुवारका अनुसार यस वर्षदेखि जिल्लामा हरेक वर्ष २५ मङ्सिरका दिन नेमान पर्व मनाउने निर्णय भएको छ । जिल्लामा पहिलोपटक २५ मङ्सिरलाई दनुवारको न्वाङ्गी मनाउने निर्णय गरेका छौँ, उनले भने, अब प्रदेश र केन्द्रसँग समन्वय गरेर यसलाई देशैभरिका दनुवारले मनाउने पर्वका रूपमा एकरुपता ल्याउन पहल गर्नेछौँ ।

दनुवार समुदायले धान पाकेपछि मुट्ठी लिएर खेतमा पूजा गर्ने प्रचलन रहेको जनाउँदै अध्यक्ष दनुवारले हाम्रो समुदाय कृषि पेसामा आधारित भएकाले पर्वलाई महत्त्वका साथ मनाउने गरिएको जानकारी दिए।

धान पाक्न थालेपछि गाउँका अगुवाको नेतृत्वमा कुन दिन मुट्ठी लिने र न्वाङ्गी खाने भन्ने निर्णय गरिन्छ । सोही दिन न्वाङ्गी खाने प्रचलन रहेको दनुवार समुदायका अगुवाहरू बताउँछन् । सोहीअनुसार आजदेखि दनुवार समुदायले मुट्ठी लिएर यो पर्व मनाउन थालेका अध्यक्ष दनुवारले जानकारी दिए ।

धानको गाभालाई बाँधेर पूजा गरी घरको मूल ढोकामा बाँधेर राख्ने चलन दनुवार समुदायमा छ । सोही चलनलाई मान्यता दिँदै जिल्लामा दनुवार जागरण समिति, त्रियुगा नगर समिति तथा उत्सव मूल आयोजक समितिले मङ्सिर २५ देखि तीन दिन परिकार महोत्सव आयोजना गरी यो पर्व मनाउँदैछन् ।

दुई पालिकामा सार्वजनिक बिदा

दनुवार समुदायको बाहुल्यता रहेको उदयपुरको दुई पालिकामा २५ मङ्सिर सार्वजनिक बिदा दिइएको छ । जिल्लाको कटारी नगरपालिका र त्रियुगा नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

दनुवार समुदायको परम्परागत सामुदायिक पर्व न्वाङ्गी परेकाले सार्वजनिक बिदा दिइएको कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए । पर्व मनाउनका लागि जिल्लाको त्रियुगा नगरपालिकाले पनि स्थानीयस्तरमा सार्वजनिक बिदा दिइसकेको छ । प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइराला हस्ताक्षरित सूचना जारी गर्दै पालिकाले २५ मङ्सिरमा बिदा दिएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि