५ पुष २०८२, शनिबार
मधेश मुख्‍य समाचार समाचार

जनकपुरधाममा महिला हत्या, हिंसाविरुद्ध खबरदारी ¥याली

जनकपुर । जनकपुरधाममा महिला÷मानव अधिकार रक्षकहरुले महिला हत्या÷हिंसा विरुद्ध ¥याली निकालेका छन् ।

शुक्रबार जनकपुरधामको रामानन्द चोकबाट निकालिएको ¥याली नगरको विभिन्न चोक हुँदै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि पुगेर कोण सभामा परिणत भएको छ ।

’पानामा मात्र होइन् व्यवहारमा कानुन लागू गर, महिला हत्या हिंसा बन्द गर’ भन्ने नाराका साथ महिला अधिकारकर्मीहरले उक्त ¥याली निकालेका हुन ।

कोण सभामा महिला अधिकारकर्मीहरुले महिलामाथी समाजमा हुँदै आएका विभिन्न घटनाहरुको निश्पक्ष छानविन गर्न सम्बन्धित निकायहरुलाई सजग गराएका छन् ।

महिलामाथि हुने हत्या÷हिंसाका घटनामा प्रहरीद्वारा स्वच्छ र निश्पक्ष अनुसन्धान होस, सरकारी वकील कार्यालयबाट दायाँबायाँ नहेरिकन कडा भन्दा कडा अभियोग लगाइयोस, अदालतमा न्यायको खरीद विक्री नहोस र घटनामा संलग्न अपराधीहरुलाई कडा भन्दा कडा दण्ड सजाय होस भन्ने अपेक्षा राखेको महिला अधिकारकर्मी एवम कानुन व्यवसायी रेखा झाले बताइन् ।

विगतमा मधेश प्रदेशमा महिलाहरुमाथि भएका हत्या÷हिंसाका घटनाहरु उद्धृत गर्दै कानुन व्यवसायी एवम महिला अधिकारकर्मी झाले पोस्टमार्टम रिर्पोटमा चलखेल हुने गरेको आरोप लगाएका छन् ।

उनले चिकित्सक र पोटस्टमार्टम गर्ने विज्ञ टोलीलाई पनि सचेत गराएकी छन् । उनले महिलामाथी हुने हत्या÷हिंसाका घटनामा कुनै राजनीतिकरण हुन नदिन सम्बन्धित निकायहरुलाई आग्रह गरेकी छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि