५ पुष २०८२, शनिबार
मधेश मुख्‍य समाचार समाचार

एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

वीरगञ्ज पर्सा, १६ मङ्सिरः पर्सा प्रहरीले एक क्विन्टल चार किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले विशेष सूचनाका आधारमा जाँच गर्दा पर्साको मनवाबाट रङ्गपुरतर्फ जाँदै गरेको बिएबी ९३९८ नम्बरको कारमा लुकाइराखेको १०४ किलोग्राम गाँजा बरामद गरेको हो । पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले गाँजासहित मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका–८ का भीम स्याङ्तान चालक र मकवानपुरगढी गाउँपालिका–१ का ३८ वर्षे कुमार स्याङ्तानलाई पक्राउ गरेको जानकारी दिए । दुवैजनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि