४ फाल्गुन २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार

दलित, आदिवासी, पिछडिएका वर्गहरुलाई शिक्षित र संगठित हुन जसपा अध्यक्ष उपेन्द्र यादवको आग्रह

जनकपुर । जनता समाजवादी पार्टी नेपाका अध्यक्ष उपेन्द्र यादवले दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक समुदायहरुलाई शिक्षित र संगठित हुन आग्रह गरेका छन् ।

शनिबार जनकपुरधाममा आयोजित दलित , पिछडावर्ग, थारु आदिवासी र अल्पसंख्यक (डोओटिआईएम) परिसंघको धनुषा जिल्ला स्तरीय वृहत अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले सम्पूर्ण पिछडिएका वर्गहरुलाई शिक्षित र संगठित हुन आग्रह गरेका छन् ।

अध्यक्ष यादवले सम्पूर्ण जातजाती भाषाभाषी, धनी, गरीबले समान अधिकार पाउनु पर्ने बताएका छन् । सरकारले कर लिने बेला भेदभाव नगर्ने तर सुविधा दिने बेला भेदभाव गर्ने गरेको अध्यक्ष यादवले बताए । उनले हरेक जात हरेक धर्म रहेक समुदायले समान हक र समान सुविधा पाउनु पर्ने उल्लेख गरे ।

अध्यक्ष यादवले देशमा विद्यमान गुलामी प्रथा र भेदभाव अनत्य गर्न सबैलाई एक जुट भएर आवाज उठाउन पर्नेमा जोड दिए । उनले पहिला पिछडिएका वर्गहरुका बच्चाहरुलाई शिक्षित बनाउन आवश्यक रहेको बताए । उनले शिक्षित र संगठित हुनको विकल्प नरहेको बताए ।

समान अधिकारका लागि अहिले अझै संघर्ष गर्न बाँकी रहेकोले डिओटिआईएम मा आवद्ध भएर एक अर्कालाई कुनै समस्या परेमा चुप लागेर बस्नुको साटो अगाडि आएर आवाज उठाउन सबैलाई सुझाव दिए । अध्यक्ष यादवले कुनै एक समुदायलाई समस्या भएको खण्डमा अर्को समुदायले चुप लागेर बस्नु नहुने बताए । परिवर्तन चाहने सबैले सबैको समस्यालाई आफ्नो समस्या बुझेर एक अर्काको मद्दत गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर एक दर्जन बढी नेता कार्यकर्ता तथा युवाहरु जसपा नेपालमा प्रवेश गरेका थिए । अध्यक्ष यादवले टिका लगाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि