५ फाल्गुन २०८२, मंगलवार
मधेश मुख्‍य समाचार समाचार

‘गुजाराको आधार सडकपेटी

महोत्तरी, ११ मङ्सिरः आफ्नो त केही पनि छैन, मकै पोलेर बेच्ने यही सडकपेटी छ । घर पनि रातु नदी उकासको पर्तिमा छ, न लालपुर्जा न त कुनै कागजको चिर्कटो”, मिथिला–१० लालगढको सुन्दर बस्तीकी ४० वर्षीया सरिता दासले भन्नुभयो । उहाँले महोत्तरीको बर्दिबास–१ स्थित बर्दिबास जलेश्वर सडकपेटीमा मकै पोलेर गुजारा चलाइरहनुभएको छ । भन्नुहुन्छ, “हातगोडा चलुञ्जेल त धानौला, थला परेपछि के गति हुने हो ?खै,

हरेक दिन दासको दैनिकी मकैको घोगाबाट सुरु हुन्छ । बिहान ओछ्यानबाट उठ्नासाथ छोरीको खानेकुरा ठीक पारेपछि उनीलाई विद्यालय जान भनेर आफू हरिया मकैका घोगा किन्न बजार दौडछन् । कहिलेकाहीँ नजिककै बर्दिबास, बडहरी र ढल्केबर बजारमा मकै पाइए पनि प्रायजसो सर्लाहीको नवलपुर, हरिऔन र लालबन्दी बजार पुग्नु परेको दासले बताः ।

करिब ३०÷३५ किलोमिटर धाएर ल्याएको मकै सडकपेटीमै पसारेर हातमुख जोर्ने बन्दोबस्त गर्ने दासलाई त्यसरी आर्जेको एक गाँस खान पनि निकै हतार हुन्छ । “मकै लिन जाँदै एउटा थैलामा खानेकुरा बोकेर हिँड्छु, यहाँ बर्दिबासको सडकपेटीमा मकै बिसाउनासाथ ग्राहक झुम्मिन्छन्, आपूm खानेकुरा खानु कि ग्राहक हेर्नु हुन्छ, दास भन्छन्, सधैँको राख्ने ठाउँबाट तावा र कोइला निकाल्छु, हतारहतार दुई गाँस खाएर मकै पोल्न थाल्छु ।

उनको दैनिकी दसौँ वर्षदेखि चलिरहेको छ । लाउँलाउँ खाउँखाउँकै उमेरमा पतिको मृत्यु भएपछि मेरा अगाडि कुनै सहारा थिएन, छोरी भर्खर एक वर्ष टेक्दै थिइन्, त्यसैबेला बज्रपात प¥यो, दासले पीडा सुनाए, छोरीतिर हेरेँ, अनि म सम्हालिन पर्छ भन्ने लाग्यो । यसलाई लेखपढ गराउँछु भन्ने त्यतिखेरै सोचेँ । केही गर्छु भन्ने मनमा आए पनि आपूmसँग पुँजी नभएपछि केही दिन छरछिमेकमा ज्यालामजदुरी गरेर जीवन धान्न थालेँ ।

अर्काको अधीनको कामले आपूm र छोरी पालिन धौधौ परेपछि आफ्नै केही पेसा गर्नुपर्छ भन्ने हुटहुटीले मकै पोल्न थालेको उनी सम्झन्छन्। कोइला दाउराको अँगार आफ्नै बस्तीका आरनेकाकासँग उधारोमा पाएँ, एउटा ठूलो तावा र मकै चाहियो, त्यसका लागि टोलका तीन÷चार जनासँग मागेर दुई हजार पु¥याएँ, करिब १० वर्षअघिको कुरा सम्झँदै उनी भन्छन्, “बस्, भोलिपल्टदेखि नै बर्दिबासको सडकपेटीमा मकै पोल्न थालेँ । यो काम थालेयता दुई÷चार पैसा थैलीमा हुन थालेको छ । छोरी सपनालाई पढाउन पाएको कुरामा सन्तुष्ट छु । सपना ९छोरी० राम्रो पढेकी छ भन्छन्, उनका माड्साबले यस्तो सुन्दा दङ्ग पर्छु । आपूmले अक्षर चिनिन, छोरीले राम्रो पढेकी छे भन्ने सुन्दा आफ्नो मन बुुझाउने ठाउँ पाएकी छु ।

सुरुमा एक सय घोगा मकैबाट सुरु गरेको व्यापार हाल दिनहुँ तीन सय घोगासम्म बेच्ने गरेको दास बताउछन् । हाल पेसा गरिरहेको सडकबाट हटाउन बेलाबेला दबाब आए पनि उपयुक्त नयाँ ठाउँ नपाएकाले ठाउँ सर्न नसकेको उनको भनाइ छ । “कति ठाउँमा फुटपाथ पसलेका सामान कर्मचारीले फ्याँके भन्ने सुनेकी छु, डर लाग्छ, तर मलाईचाहिँ त्यस्तो गरिएको छैन । टेक्ने समाउने अरू ठाउँ नहुँदा यही पेटीलाई सहारा बनाएकी छु । कसैगरी छोरीले राम्रो पढी भने जीवन अलि सहज हुने आसमा यही पेसामा रमाइरहेकी छु, उनी भन्छन् ।

दिनहुँ मध्याह्नपछि थालिने मकै पोल्ने र बेच्ने कामले रु सात÷आठ सयसम्म कारोबार हुने गरेको र यसले आमाछोरीको गुजारा र छोरीको पढाइ धानिरहेको दासले बताए । उनकै छिमेकी अघनियाँ महराले पनि उनीबाट प्रभावित भएर मकै पोल्ने पेसा अँगाल्नु भएको छ । बर्दिबासचोककै सडकपेटीमा मकै पोलेर बेच्ने ५५ वर्षीया महराको जीवन पनि दासको जस्तै छ । पति रौदी महराको २० वर्षअघि मृत्यु हुँदा दुई छोरी र छोरा सबै १० वर्षमुनिका थिए । बस्ती वरपर बनिबुतो ९मजदुरी० गरेर जहानको गुजारा चलाएका पतिको मृत्युपछि कतिपय दिन भोकभोकै सुत्नु परेको महराको सम्झनामै छ । कतिले दयामाया गरेर एकमुठी खानेकुरा दिन्थे, ससाना लालाबालालाई अब भोलि खाउँला भनेर थुमथुम्याउँदै सुताउँथे, अप्ठ्यारा दिनहरू सम्झँदै उनी भन्छन् सरिताले मकै पोल्न थालेकी थिइन्, उनैको सल्लाहले बनिबुतोको पैसा जम्मा गरेर मैले पनि थालेँ । यसले जीवन धानिएको छ ।

महराले मकै पोलेर बेचेको पैसाले नै दुई छोरीको विवाह गर्नुभयो । छोराको पनि बिहे भयो । नाति काखमा छ । छोराबुहारी दुवै सहयोगी हुँदा व्यापारमा साथ पाएको उनी बताउछन् । अब छोरा विदेश जाने भन्दैछ, त्यसका लागि रकम जम्मा गर्दैछौँ, ऊ गएपछि सासूबुहारी मिलेर यहाँको काम चलाउँछौँ, भविष्यको मीठो सपना सँगालेकी उन्नी भन्छन्, छोराले दुःख बुझेको छ । पक्कै हाम्रा दिन फेरिएलान् नि

दास र महराजस्तै बर्दिबास–२ बारनचौडीकी ६० वर्षीया जयकलादेवी मुखिया पनि बर्दिबासको भोलावसन्तचोक छेउकै सडकपेटीमा मकै पोलेरै जीवन निर्वाह गरी रहेका छन् । पारिवारिक अवस्था भने मुखियाको दास र महराभन्दा निकै कहालिलाग्दो छ । पति सत्यनारायण मुखिया रक्सीको कुलतले ३० वर्षअघि बिते । चार छोरामध्ये हुर्केका दुई छोरा रक्सीकै कुलतले मरे । साइँलो छोरो हराएको २५ वर्ष भयो । घरमा अब कान्छो छोरा, बुहारी र आपूmसहित तीन जनाको गुजारा मकै पोलेरै गर्नुपरेको मुखियाले बताइ । उनले मकै पोलेर गुजारा चलाउन थालेको २० वर्ष भइसकेको छ ।

पति हुँदा पनि सहारा त थिएनन्, दिनभरि भट्टीतिरै हुन्थे, गुजाराका लागि आफैँ बनीबुतो गर्नुपथ्र्यो । पछि केही पैसा जम्मा गरेर मकै पोल्न थालेकी हुँ, यसले धानेको छ । हाल दिनमा चार सय घोगासम्म मकै बेचेर दैनिक रु एक हजार जति कारोबार हुने गरेको छ, मुखिया भन्छन्, कामले थोरै सन्तोष दिए पनि छोरो र विगत सम्झदा विरक्त लाग्छ । पति रक्सीले नै मरे, छोराहरूको पनि त्यही कुलतले ज्यान गयो । एउटा मरेबाँचेको अत्तोपत्तो छैन ।

यसरी बर्दिबासमा सडकपेटीमा ससाना व्यवसाय गर्ने धेरै छन् । यिनलाई प्रोत्साहन गर्दै निर्धक्क पेसा गर्ने वातावरण बनाउन आवश्यक रहेको सामाजिक अभियन्ता महिला बर्दिबास–२ की नगिना महतो बताउछन् ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि