५ फाल्गुन २०८२, मंगलवार
मधेश मुख्‍य समाचार समाचार

विवाह पञ्चमी महोत्सव सम्पन्न, श्रद्धालुहरु घर फर्किए

जनकपुर । सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । हिजो अन्तिम दिन जानकी मन्दिरको प्राङ्गनमा रामकलेवा विधि भएसँगै महोत्सव सम्पन्न भएको हो ।

रामकलेवा विधिमा अयोध्याबाट आएका सम्पूर्ण बाराती, साधुसन्त र भक्तजनहरुलाई जानकी मन्दिरको प्राङ्गनमा बसाएर ५६ भोग खुवाईन्छ । सो पश्चात उनीहरुलाई सरसामान र दक्षिणा दिई विदाई गरिन्छ । रामकेलवा विधि भईरहँदा मिथिलानी नारीहरुले सम्पूर्ण बारातीहरुलाई मैथिली परम्परा अनुसार गालि गर्ने चलन रहेको छ ।

रामकलेवा हेर्न हजारौं श्रद्धालुभक्तजनको घुँईचो लागेको थियो । रामकलेवा सम्पन्न भएपछि जानकी मन्दिरका छोटे महन्त राम रोशन दासले महोत्सव समाप्त भएको घोषणा गरेका थिए ।

भारतलगायत नेपालका विभिन्न स्थानहरुबाट महोत्सव हेर्न आएका भक्तजनहरु घर फर्किएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि