५ फाल्गुन २०८२, मंगलवार
मधेश मुख्‍य समाचार समाचार

मटकोर विधि सम्पन्न

जलेश्वर महोत्तरी, ९ मङ्सिरः मिथिलाञ्चलको सप्ताहव्यापी विवाह पञ्चमी उत्सवअन्तर्गत सोमबार राति महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा भगवान् रामचन्द्र र माता सीताको मटकोर विधि सम्पन्न भएको छ ।
सम्पूर्ण मिथिलाञ्चलमा विवाहको एक राति पूर्व मटकोर ९विवाहको यज्ञवेदी निर्माणका लागि पोखरीबाट माटो खन्ने उत्सव० विधि मनाउने परम्पराअन्तर्गत भगवान् रामचन्द्र र माता जानकीको आज हुने विवाह महोत्सवको एक राति पूर्व सोमबार राति महोत्तरीको मटिहानी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध लक्ष्मी नारायण मठमा मटकोर विधि सम्पन्न भएको लक्ष्मी नारायण मठ मटिहानीका मान महन्थ रवीन्द्र दास वैष्णवले बताए।
मिथिलाको धार्मिक विधिअनुसार महिलाहरुले विवाहको गीत गाउँदै लक्ष्मी नारायण मठको ठीक अगाडिमा रहेको लक्ष्मी सागर पोखरीमा पुगी भगवान् रामचन्द्र र माता सीताको प्रतीक रहेका मूर्तिलाई नुहाई मटकोर विधि सम्पन्न गर्नाका साथै विवाहको यज्ञवेदीका लागि माटो उत्खनन गरेका छन् ।
मिथिलाको वैवाहिक पद्धतिमा तिलकोत्सव तथा मटकोर महत्वपूर्ण उपक्रम हो । मटकोरको राति लक्ष्मीसागरबाट खनिएको माटोबाट विवाहपञ्चमीका दिन आज जनकपुरमा भगवान् श्री रामचन्द्र र माता सीताको विवाहका लागि  यज्ञवेदी निर्माण गरिने छ ।
अयोध्याबाट भगवान्को रामको मूर्तिसहित साधु, सन्त, महात्मा, ऋषि, मुनि र जन्तीहरु सोमबार राति मटिहानी पुगेका थिए भने मटिहानीमा राम जानकी विवाहको मटकोर विधि सम्पन्न गरिएको हो ।
मटकोरका क्रममा सोमबार राति मटिहानीमा यज्ञवेदीका लागि खनिएको माटो लिएर आज जन्तीसहितको टोली महोत्तरीको जलेश्वर नगरपालिका हुँदै पिपरा गाउँपालिका, महोत्तरी गाउँपालिका हुँदै विवाहपञ्चमीका लागि जनकपुर जानेछ ।
प्राचीन धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार त्रेतायुगमा भगवान् श्री रामचन्द्र र माता सीताको विवाह हुँदा यज्ञवेदी निर्माण गर्न महोत्तरीको मटिहानीस्थित लक्ष्मीसागरबाट पवित्र माटो लगेका थिए र त्यही बेलादेखि मटिहानीमा बर्सेनि रामजानकी विवाह महोत्सवमा मटकोर विधि सम्पन्न गरिने प्रचलन रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि