६ फाल्गुन २०८२, बुधबार
मधेश मुख्‍य समाचार समाचार

सर्लाहीमा खैरो हिरोइनजस्तो देखिने पदार्थसहित दुई भारतीय पक्राउ

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुर क्षेत्रबाट प्रहरीले प्रतिबन्धित लागुऔषध खैरो हिरोइन जस्तै देखिने पदार्थसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत शुक्रबार दिउँसो करिब ३ः३० बजे प्राप्त विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा भारत बिहारको सीतामढी जिल्लास्थित सोनवर्षा थानाअन्तर्गत कोबरवा गाउँका २२ वर्षीय तशिफ शेख र सोही जिल्लाको बेला पंचायत, लहुरिया वडा नं. १०, खुर्साहा टोल निवासी १९ वर्षीय फरहान राजा रहेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार तशिफ शेखले लगाएको अण्डरवेयरभित्र लुकाइएका झण्डै १२ ग्राम बराबरका लागुऔषधजन्य पदार्थ बरामद गरिएको हो ।

साथै उनीहरूको साथबाट एक पोकामा राखिएको सामग्री र रियलमी ब्रान्डका दुई मोबाइल फोन पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेका दुवैलाई आज सर्लाही जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि