६ फाल्गुन २०८२, बुधबार
मधेश मुख्‍य समाचार समाचार

७ दलको विरोध प्रदर्शन आज पनि जारी

जनकपुर । जनकपुरधाममा ७ राजनितिक दलहरुले गर्दै आएको विरोध प्रदर्शन आज पनि जारी राखेका छन् ।

पूर्व प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका सरोज कुमार यादवलाई महोत्तरीको एक होटलमा विहान ४ बजे सपथ ग्रहण गराएदेखि ७ राजनितिक दलका सांसद, नेता तथा कार्यकर्ताहरुले विरोध गर्दै आएको छ ।

पूर्व प्रदेश प्रमुख भण्डारी पदमुक्त भइसकेकाले उनीहरुले मुख्यमन्त्री यादव र मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको राजिनामा माग्दै नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एस, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसद तथा नेता एवम कार्यकर्ताहरुले विरोध गर्दै आएका छन् । उनीहरुले मधेश भवन अगाडि दुबैतर्फ सडक आवत जावत ठप्प बनाएर सडकमै बसेका छन् ।

उनीहरुले जंगली मुख्यमन्त्री चाहिँदैन, एकलौटी सभामुख राजिनामा दे लगायतका नारा लगाउँदै विरोध गरिरहेका छन् । उनीहरुले आईतबारसम्म अदालतको निर्णय आउने भनेकाले सो दिनसम्म विरोध गर्ने जनाएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि