४ फाल्गुन २०८२, सोमबार
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

आलमको निधनमा ईशनाथ नगरपालिकामा शोक बिदा

रौतहट । पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनमा रौतहटको ईशनाथ नगरपालिकाले शोक बिदा दिएको छ ।

रौतहट क्षेत्र न .२ का पूर्व सांसद तथा पूर्वमन्त्री आलमको निधनको प्रति शोक सम्वेदना व्यक्त गर्दै आज (आइतबार) शोक बिदा दिने उल्लेख गरेको छ ।

नगरपालिकाको कार्यलय तथा मातहतका कार्यलयमा शोक बिदा दिइएको ईशनाथ नगरपालिका अधिकृत सातौं इसराजुल खाँ ले जानकारी दिए । उनले नगर प्रमुखको आदेश अनुसार शोक बिदा दिएइएको उल्लेख गरे।

नेपाली कङ्ग्रेसका नेता तथा पूर्वमन्त्री आलमको शनिबार काठमाडौँको के.एम.सी. अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

आलमको मुस्लिम परम्परा अनुसार अन्त्यस्टी गरिसकेको पारिवारिक स्रोतले बताएको छ ।

आलमका दुई छोरा र एक छोरी छन् । जेठो डा. फिरदोस र कान्छो डा. राजिक हुन् । राजिक अहिले राजपुर नगरपालिकाका नगर प्रमुख छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि