२ बैशाख २०८३, बुधबार
मुख्‍य समाचार

सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ, १८ कात्तिकः सरकारले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई राज्यका तर्फबाट सहिद घोषणा गरेको छ ।

यही कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज सो जानकारी दिनुभएको हो । सरकारका सम्बन्धित निकाय, छानबिन समिति र सुरक्षा निकाय एवं सरोकावाला पक्षबाट आएका विवरणको अध्ययन तथा विश्लेषणका आधारमा सरकारले उक्त घोषणा गरेको हो । जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो । अन्य मृतकका हकमा थप अध्ययन–अनुसन्धान भइरहेको उनले बताए ।

बैठकले स्विट्जरल्यान्डको जेनेभामा आगामी मङ्सिर १ देखि ३ गतेसम्म हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षा बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रायका सचिव डा रामप्रसाद घिमिरेलाई स्वीकृति प्रदान गरेको छ । खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलाई थाइल्यान्डको बैङ्ककमा हुने उच्चस्तरीय खानेपानी सुरक्षा र अनुकूलन सम्बन्धी सम्मेलनमा आगामी मङ्सिर २२ देखि २६ गतेसम्म सहभागी हुन स्वीकृति दिइएको छ ।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलका अनुसार बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, तराई मधेस समृद्धि कार्यक्रम र स्थानीय पूर्वाधार कार्यक्रम आयोजना समन्वय इकाइका लागि आर्थिक वर्ष २०८२÷८३ मा अधिकृतस्तरका १० अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

यसैगरी बैठकले अर्थ मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत विज्ञापन बोर्डका लागि यस आर्थिक वर्षमा अधिकृतस्तरका आठ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न बैठकले पूर्वस्वीकृति दिएको छ ।

बैठकले दक्षिण कोरियाली नागरिक मिजिन लीलाई गैह्रकानुनी रुपमा नेपाल प्रवेश गरेको मितिदेखि निष्कासन गरेको समयसम्म प्रचलित कानुन अनुसार लाग्ने विलम्ब शुल्क र जरिवाना बापतको रकम मिनाहा गरी नेपालबाट प्रस्थान गराउन अनुमति दिएको छ । यसैगरी सर्वोच्च अदालतको आदेशबमोजिम पदममाया गुरुङलाई क्षतिपूर्तिबापत रु छ लाख तीन हजार छ सय उपलब्ध गराउने निर्णय गरिएको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको