९ माघ २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

सोरु गाँउपालिकाले अस्थाइ एवम् करार कर्मचारीको म्याद थप नगर्ने

मुगु । मुगुको सोरु गाँउपालिकाले पालिकाको बिभिन्न कामकाजका लागि भर्ना गरिएका अस्थाइ एवम करार कर्मचारीहरुको म्याद थप नगर्ने भएको छ ।

गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार मन्त्रिपरिषद्को मिति २०८२ भाद्र ५को निर्णय अनुसार अर्थ मन्त्रालयको चलानी नम्बर ११८ मिति २०८२ असोज ८को पत्रअनुसार स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका कर्मचारी राख्न नपाउने भनी गरिएको नीतिगत निर्णय तथा परिपत्र अनुसार गाँउपालकामा संघ, प्रदेश र स्थानीय तहबाट प्राप्त आर्थिक स्रोत तथा पालिकाको १६औं गाँउसभाबाट स्वीकृत संगठन संरचना २०८२ अनुसार दरबन्दी रहेका करार अस्थाई कर्मचारी  बाहेक अन्य करार अस्थाई कर्मचारीको पुनः म्याद थप नगरी स्वत भंग गरिएको जानकारी दिएका छन् ।

डाँगीका अनुसार दरबन्दी भन्दा बाहिर रहेका २४ जना भन्दा बढी करार अस्थाई कर्मचारीहरुलाई असोज महिनासम्म तलब खुवाउन सकिने र त्यसपछि पालिकाको स्रोत र मन्त्रालयमा पत्र अनुसार करार अस्थाई कर्मचारीहरुलाई राख्न सकिदैन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि