७ फाल्गुन २०८२, बिहीबार
मधेश मुख्‍य समाचार समाचार

बेमौसमी वर्षाले सर्लाहीको धान बालीमा क्षति

सर्लाही । मङ्गलबार बिहानदेखि परेको अविरल बेमौसमी वर्षाले सर्लाहीका किसानको मुख्य बाली धानमा ठूलो क्षति पु¥याएको छ । तिहार लगत्तै भित्र्याउने तयारीमा रहेका किसानहरू अहिले फलेको धान खेतमै नष्ट भएपछी चिन्तित बनेका छन् ।

कोडैनाका किसानहरूको अनुसार खेतमा काटेर सुकाउन राखिएको धान पानीमा डुबेको छ भने अझै नकाटिएका बालीमा पनि बाला झर्ने समस्या देखिएको छ। ‘धान काटेर घरमा ल्याउने तयारीमा थियौँ, तर वर्षाले सबै भिजायो,’ एक किसानले दुखेसो पोख्दै भने, ‘धान भित्र्याउने तयारी भइरहँदा पानी परेर क्षति भयो।’

जिल्लाका विभिन्न ठाउँ अहिले जलमग्न छन् । लगातारको वर्षाले खेतबारीमा पानी थामिन नसकेपछि धान भित्र्याउने काम रोकिएको किसानहरू बताउँछन् । कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुश्वाहाका अनुसार बेमौसमी वर्षाले विशेषगरी काटेर सुकाउन राखिएको धानमा बढी क्षति पु¥याएको छ ।

उनका अनुसार खेतमै डुबानमा परेका बाली पुनः उपयोग गर्न कठिन हुने भएकाले किसानलाई ठूलो नोक्सानी बेहोर्नुपर्ने स्थिति छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि