१४ कार्तिक २०८२, शुक्रबार
मुख्‍य समाचार लुम्बिनी विशेष समाचार समाचार

रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइ हुँदै

१३ कात्तिक, बुटवल : सहकारी ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दाको आज उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा सुनुवाइ हुँदैछ।

उक्त मुद्दा न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासमा विचाराधीन हुनेछ। यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले लामिछाने र जोशी दुवैको मुद्दा एउटै प्रकृतिको भएकाले एउटै इजलासमा संयुक्तरूपमा सुनुवाइ गर्न आदेश दिएको थियो।

लामिछानेले बिगोअनुसारको रकम बुझाएर थुनाबाहिरैबाट मुद्दा लड्न पाउने मागसहित उच्च अदालतमा निवेदन दिएका थिए। त्यसअनुसार अदालतले लामिछानेसँगै जोशीको पनि फाइल माग गर्न निर्देशन दिएको हो।

यसअघि बुटवल उच्च अदालतले पनि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन पेश गर्न आदेश दिएको थियो। अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, आज सरकारी वकिल र प्रतिवादी पक्षका कानूनी प्रतिनिधिहरू उपस्थित रहनेछन्।

केही दिनअघि न्यायालय परिसरमा प्रदर्शनका क्रममा तोडफोड र आगजनी भए पनि रवि र जोशी दुवैको मुद्दासम्बन्धी फाइल सुरक्षित रहेको बताइएको छ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका अभियुक्तविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको थियो। लामिछानेले उक्त रकमको चौथाइ अंशबराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पेश गरेका छन्। जोशीले पनि सोही परिमाणमा जमानत प्रस्ताव गरेका थिए।

तर, उनीहरूको व्यक्तिगत जिम्मेवारीको रकम स्पष्ट नहुँदा अदालतले दुबैको थुनामुक्ति निवेदन अस्वीकार गरेको थियो।

हाल रवि लामिछानेलाई नख्खु कारागार, ललितपुरमा सारिएको छ भने छविलाल जोशी भैरहवा कारागारमै रहेका छन्।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि