३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

ओलीले बैठकमा उठेका जिज्ञासाको जवाफ दिएर आज एमाले बैठक समापन गर्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक शुक्रबार पनि बस्दैछ । बैठकको तेस्रो दिन आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आफ्ना धारणा राखेपछि सकिने बताइएको छ ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बोल्न बाँकी रहेका केन्द्रीय सदस्यसँगै पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीहरूले आफ्ना धारणा राख्नेछन् भने अन्त्यमा, अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूबाट आएका जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नेछन् ।

बैठकमा अध्यक्ष ओलीको प्रस्तुत गरेका विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव,वर्तमान राजनीतिक परिस्थिति,घोषित निर्वाचन र पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताहरूको भूमिका आदिका बारेमा निर्देशन दिने गौतमले बताए ।

बैठक ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा तीन दिनदेखि जारी छ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको छलफल गर्नका लागि एमालेको विशेष बैठक बसेको हो ।

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि