८ फाल्गुन २०८२, शुक्रबार
मधेश मुख्‍य समाचार समाचार समाज

घाँस लिन गएका तिन बालिका जमेको पानीमा डुबेर मृत्यु

रौतहट । रौतहटको गौरमा घाँस लिन गएका तिन बालिकाको बाढीको जमेको पानीमा डुबेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेका थिए ।
डुबेका मध्ये चार जनाको स्थानीयले उद्धार गरेका थिए भने तीन जनाको शव निकालिएको हो । राजदेवी नगरपालिका–८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटको निमित्त सुचना अधिकारी एवं प्रहरी निरीक्षक रामकुमार महतोले बताए । उनका अनुसार गौर–१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा उनीहरु डुबेका हुन ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी उनीहरुको खोजी गरेको थियो । अहिले मृतको तिन बालिकाको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि