५ पुष २०८२, शनिबार
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

बारामा माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु, दश जना घाईते

सर्लाही । बारामा छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

जिल्लाको सिम्रौनगढ नगरपालिका – ५ की ६५ वर्षीया शरदा देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

उनका अनुसार नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको माटोको ढिस्को खन्ने क्रममा बिहान उनीहरु पुरिएका हुन्। घटनामा अन्य १० जना सामान्य घाइते भएका छन् भने गम्भीर घाइतेहरूको नाम खुल्न बाँकी छ।

सबै घाइतेलाई उपचारका लागि प्रदेशिक अस्पताल कलैयामा भर्ना गरिएको प्रहरीले जनाएको छ। घटनापछि सशस्त्र प्रहरी र जनपथ प्रहरीले तत्काल उद्धारकार्य सञ्चालन गरी घाइतेहरूलाई अस्पताल पु¥याएका थिए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि