१६ मंसिर २०८२, मंगलवार
मधेश मुख्‍य समाचार समाचार समाज

टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव ६ दिनपछि भेटियो

सर्लाही । टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेका बारा प्रसौनी – २ का २१ वर्षीय बिक्की गोसाईंको शव फेला परेको छ ।

असोज १९ गतेदेखि बेपत्ता भएका उनको शव शुक्रबार बिहान फेटा गाउँपालिका – १ त्रिवेणी खोलामा फेला परेको हो ।

प्रहरीका अनुसार गोसाईं टिकटक भिडियो बनाउन भन्दै साथीहरुसहित दुधौरा खोलामा हामफालेका थिए। तर, उनका साथी पौडेर किनारमा निस्किए पनि गोसाईं भने खोलाको वेगमा बगेर बेपत्ता भएका थिए ।

शुक्रबार बिहान खोलाको बगरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवको पहिचान गर्ने क्रममा उक्त शव बिक्की गोसाईंकै रहेको खुल्न आएको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिए । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि