९ पुष २०८२, बुधबार
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

आन्दोलनमा हतियार लुट्ने दुई जना पक्राउ

जनकपुर । जेनजी आन्दोलनको क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेश प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुई जना आज पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको कार्यालयमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरीको एक थान एसएलआर राइफलसहित उपमहानगरपालिका वडा नं. ९ का ३७ वर्षीय मनिष कुमार अधिकारी तथा २१ वर्षीय सन्तोष कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कार्यालय तोडफोड, आगजनी र लुटपाटमा प्रहरीको ५० राउण्ड गोलीसहित एक थान राइफल लुटिएको ‘सिसिटिभी’ भिडियोको आधारमा दुवै व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भाडाको घरमा रहेको लोकसेवा आयोगको कार्यालयभित्र चारवटा चारपाङ्ग्रे गाडी, चारवटा मोटरसाइकल, सिसिटिभी क्यामरा र कार्यालयमा तोडफोड तथा आगजनी भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि