रातो कागज
1 घण्टा अघि

लहान, सिरहा । गत साता आन्दोलनको मौकामा सरकारी गोदाम रित्याएकाहरू अहिले रातारात त्यही सामान फिर्ता गरिरहेका छन् ।
लहानमा ’जेनजी आन्दोलन’का क्रममा लुटिएको करोडौँको सम्पत्ति फिर्ता हुन थालेपछि यो घटनाले अहिले सबैको ध्यान तानेको छ ।
‘कि सामान फिर्ता गर, नत्र सीसीटीभी हेरेर घरमै आउँछौँ,’ प्रशासनको यो सन्देशपछि लुटपाटमा संलग्नहरूमा डर पैदा भएको छ । इज्जत जाने र कानुनी कारबाही हुने डरले केही व्यक्ति आफैँ र केहीले स्थानीय युवाहरूमार्फत लुटेको चामल र चिनी गोदाममा फिर्ता गर्न थालेका छन् ।
आइतबार रातिसम्म ७१ क्विन्टल चामल र १८ क्विन्टल चिनी फिर्ता भइसकेको छ, तर यो लुटिएको कुल परिमाणको सानो अंश मात्र हो । खाद्य कम्पनीका अनुसार करिब ११ करोडको क्षति भएको छ, जसमा हजारौँ क्विन्टल खाद्यान्न, धान, बोरा र कार्यालयका महत्त्वपूर्ण उपकरणसमेत छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया