९ फाल्गुन २०८२, शनिबार
मधेश मुख्‍य समाचार समाचार

जेन–जी आन्दोलनमा मृत्यु भएका युवाहरुप्रति श्रद्धाञ्जली तथा क्यान्डल मार्च

जनकपुर । भदौ २३ र २४ गत्ते भएको जेन–जी आन्दोलनमा मृत्यु भएका युवाहरुको सम्मान र सम्झनामा जनकपुरधामका युवाहरुले क्यानडल मार्च र श्रद्धाञ्जली सभा गरेका छन् ।

आइतबार साँझ जनकपुरधामको रामानन्द चोकबाट सुरु भएको क्यान्डल मार्च जानकी मन्दिर हुँदै जनक चोकमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको थियो ।

श्रद्धाञ्जली सभामा जनकपुरधामका युवाहरुले युवा सहिद अमर रहुन,जेनजी जिन्दाबाद, भ्रष्टाचार मुर्दाबाद, १० लाख दिएर पुग्दैन जस्ता नारा लगाएका थिए । उनीहरुले नेताहरुलाई स्वार्थको राजनिति बन्द गर्न चेतावनी समेत दिएका छन् ।

भदौ २३ र २४ गत्ते काठमान्डौसहित देशभर भएको जेन–जी आन्दोलनमा हालसम्म ७२ जनाको मृत्यु भइसहेको छ । जसमा अधिकांश युवाहरु रहेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि