Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

जिल्ला प्रशासन कार्यालय धनुषाबाट सेवा प्रवाह सुरु

रातो कागज
2 घण्टा अघि

जनकपुर ।  जिल्ला प्रशासन कार्यालय धनुषाले सेवा प्रवाह सुरु गरेका छ ।

आइतबार (आज) बाट राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी सेवा वाहेक अन्य सम्पूर्ण सेवाहरु सुरु भएको हो ।

राष्ट्रिय परिचय पत्र र राहदानी शाखामा अधिकत्तम क्षती भएकाले ती बाहेकका अन्य सेवाहरु आजबाट सुचारु भएको सहायक जिल्ला अधिकारी उमेश दाहालले जानकारी दिए । उनले नागरिकता, मुद्या, विपद् व्यवस्थापन, शान्ति सुरुक्षा, प्रशासन लगायतका सेवाहरु आजबाट पुनः सुचारु भएको बताए ।

भदौ २४ गत्ते भएको जेनजी आन्दोलनको क्रममा केही खराब मनसायका व्यक्तिहरुले कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी र लुटपाट गरेका थिए । केही व्यक्तिले करीब २०० वटा राहदानी राखिएको बक्स र २०० बढी राष्ट्रिय परिचय पत्र पनि उठाएर लगेको उनले बताए ।

साथै क्यामेरा, कम्प्युटर, स्क्यानर मेसिन, बायोमेट्रिक मेसिनलगायत प्राबिधिक सामानहरु लुटिनुका साथै तोड फोड र आगजनीले क्षती भएको सहायक जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

सम्पूर्ण क्षतीको विवरण संकलन भइरहेको र विवरण संकलन पश्चात नयाँ सामान ल्याएर बन्द रहेका सेवाहरु पनि सुचारु गर्ने हिसाबले काम भइरहेको उनले बताए । साथै उनले सामान लुटेर लगेकालाई सामान फिर्ता गर्न आग्रह समेत गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया