१४ कार्तिक २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अन्तरिम सरकार नेतृत्वबारे आज राष्ट्रपति, प्रधानसेनापति र जेनजीबीच निर्णायक छलफल

काठमाडौं । नेपाली सेनाको समन्वयमा अन्तरिम सरकार गठनबारे राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरूबीच आज निर्णायक छलफल हुने भएको छ।

जेनजी युवाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीका लागि प्रस्ताव गरिसकेका छन्। आजको छलफलले सो प्रस्तावलाई औपचारिकता दिने अपेक्षा गरिएको छ।

सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र जेनजी प्रतिनिधिबीच विहीबार बिहानदेखि वार्ता सुरु हुनेछ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको आन्दोलनमा १९ युवाको ज्यान गएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि ताजा जनादेशका लागि अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढाइएको हो।

सुशीला कार्कीलाई काठमाडौं महानगर प्रमुख बालेन शाह र धरान उपमहानगर प्रमुख हर्क साम्पाङले समर्थन जनाएका छन्। व्यवसायी दुर्गा प्रसाईंले भने देश निकास पाओस्, जसले नेतृत्व गरे पनि स्वीकार्छुू भन्ने प्रतिक्रिया दिएका छन्।

जेनजी युवाको भर्चुअल मतदानमा पनि कार्कीको पक्षमा बहुमत देखिएको छ। कार्कीले प्रस्ताव स्वीकार गर्दै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताइसकेकी छन्।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि