३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

सभामुख र प्रमुख सचेतकहरूबीच छलफल : तीनवटा विधेयक पारित गरिने

काठमाडौं । प्रतिनिधिसभाले भदौ महिनामा विभिन्न महत्वपूर्ण विधेयकहरु पारित गर्नेगरी सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

बिहीबार भदौ महिनाको क्यालेन्डरबारे छलफल पश्चात सञ्चारमाध्यमसँग कुरा गर्दै नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले भूमिसँग सम्बन्धी विधेयक, नागरिकतासँग सम्बन्धित विधेयक र शिक्षा विधेयकलाई पारित गर्ने बताएका हुन् ।

उनले भने, ‘भोलीको बैठक (१३ गते) भूमिसँग सम्बन्धी विधेयकलाई कार्यसूचीमा राख्ने छौ र  पारित गरी राष्ट्रिय सभामा पठाउने छौ । भोलीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले सम्बोधन गर्ने तालिका छ ।’

उनले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधीसँग सम्बन्धी ऐन राष्ट्रपति कार्यालयबाट फिर्ता भएको र त्यसलाई सभामा छलफल गरेर पारित गर्नेगरी कार्यसूचीमा राखेको पनि बताए ।

‘१८ गते सम्भवत ः नागरिकतासँग सम्बन्धीत विधेयक पारित गर्छौ । त्यसैगरी संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधीसँग सम्बन्धी राष्ट्रपति कार्यालयबाट फिर्ता भएको त्यसलाई सभामा छलफल गरेर पारित गर्नेगरी कार्यसूचीमा राखेका छौ त्यो पारित गर्छौ,’उनले भने, ‘हामी विशेषगरी २६ गते शिक्षा विधेयकलाई पारित गर्नेगरी लैजान्छौ यसरी यो महिना बैठक बसेर संघीयता कार्यान्वयनसँग जोडिएको महत्वपूर्ण विधेयक शिक्षा विधेयक पारित गर्छौ ।’

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बिना लामा सहभागि थिए ।

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि