३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

ऊर्जामन्त्री खड्का र भौतिक पूर्वाधारमन्त्री दाहालबीच छलफल : विकास निर्माणमा तीव्रता दिन आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग भेट गरी संखुवासभालगायत देशभरका विकास निर्माण योजनामा गति दिन आग्रह गरेका छन् ।

भौतिक पूर्वाधार मन्त्रालयको कार्यकक्षमा भएको भेटमा मन्त्री खड्काले आगामी वर्षमा पनि विगतका जस्तै बजेट फ्रीज हुने अवस्था दोहोरिन नदिन, योजनाहरू समयमै सम्पन्न गर्न र योजनाको गुणस्तरमा कुनै सम्झौता नगर्न मन्त्री दाहालसँग विशेष जोड दिए । उनले भने, ‘जनताले अनुभूति गर्ने खालका विकास योजनाहरूलाई प्राथमिकतामा राखेर समयसीमा भित्र सम्पन्न गर्नु आजको आवश्यकता हो। ढिलासुस्तीका कारण विकासमा जनआस्था घट्दै गएको छ, त्यसैले यथाशीघ्र सुधार आवश्यक छ ।’

मन्त्री खड्काले संखुवासभा जिल्लामा सञ्चालनमा रहेका सञ्चालनमा रहेका सडक, पुल तथा आवासीय संरचना निर्माणलाई तीव्रता दिन मन्त्री दाहालसँग आग्रह गरे । मन्त्री खड्काले चाडपर्व नजिकिएकासँगै राजधानीबाट जिल्ला फर्किनेहरुको चहलपहल बढ्ने भएकाले सुरक्षित रुपमा आवतजावतकालागि  बाटोघाटो र यातायातको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

भेटमा भौतिक पूर्वाधार मन्त्री दाहालले ऊर्जामन्त्री खड्काको प्रस्तावलाई सकारात्मकरूपमा लिँदै आगामी दिनमा मन्त्रालयबीच सहकार्य गरेर काम अघि बढाइने बताए । उनले भने, ‘विकास कुनै एक मन्त्रालयको जिम्मेवारी मात्र होइन, यो साझा एजेन्डा हो। त्यसैले ऊर्जा, भौतिक पूर्वाधार, शहरी विकास लगायतका निकायबीचको सहकार्य अझ मजबुत पार्दै योजनाहरूलाई परिणाममुखी बनाइनेछ ।’

यसैबीच, ऊर्जामन्त्री खड्काले शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई समेत संखुवासभा र अन्य जिल्लामा भौतिक पूर्वाधारका योजना छिटो सम्पन्न गर्न निर्देशन दिए । विशेषगरी विनियोजित कार्यक्रम र बजेट फ्रीज नहुने गरी योजना कार्यान्वयनमा तीव्रता दिन मन्त्री खड्काले सचिव सिग्देललाई आग्रह गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि