५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

रुबि हत्या : पासवानले गरे हत्याको स्वीकार

रौतहट । रौतहट प्रहरीले पक्राउ गरेका लक्ष्मण पासवानले रुबि साहको हत्या गरेको स्वीकार गरेका छन ।

माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान आत्मदाह गर्नु अघि बनाइएको भिडियोमा स्वीकार गरेको पाइएको हो । उनले करीब ९ मिनेटको भिडियोमा  रुवीसँगको प्रेम सम्बन्धबारेमा धेरै कुराहरु खुलाएका छन् ।

विद्यालय समयकाल देखि नै हामी बीच सम्बन्ध थियो उनले भने,‘अदालतमा गएर विवाह पनि गरेका हौं । आफू गरिब भएकाले पारिवारिक तनावका कारण रुबीको हत्या गरेको उनले बनाइएको भिडियोमा स्वीकार गरेको पाइन्छ । रुबीलाई हत्या गरेदेखि आफ्नो हात काँपिरहेको बताएका उनले रुबी मरिसकेपछि आफू बाँचेर के गर्नु भन्ने लागेको बताएका छन् ।

उनले भिडियोमा भनेका छन,‘मेरो जान मरिसकेकी छ ,“म बाँचेर के गर्नु । माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान करिब ८ बजे पासवानले आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पासवानलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । यस विषयमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि