Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

रञ्जनाको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

News and Updates
3 घण्टा अघि

सल्यान । सल्यान दार्मा गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री जनकल्याण आधारभूत विद्यालय (जलेखर्क) भालुमारे सल्यानमा आज उज्यालो युवा क्लब र रञ्जना कामीको पहलमा विद्यार्थीहरुलाई १९ हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिएको उज्यालो युवा क्लबका अध्यक्ष दिपेश खड्काले जानकारी दिएका छन्।

नवलपरासी घर भइ हाल दाङ जिल्लामा अबस्थित मेट्रो कलेजमा कानुन संकायमा अध्ययनरत समाजसेवी रञ्जना कामीले उक्त सामाग्री दिएकी हुन्। दुर्गममा बालबालिकालाई केही राहत भने भावना का साथ उज्यालो युवालाई सहकार्य गर्न अनुरोध गर्नु भएको र क्लबले उक्त अनुरोध लाई समानका साथ सहकार्य गर्न तयार भएको क्लबले बताएको छ।

उनले भनिन्, मेरो साथी यश क्लब भएकोले मैले नजिक बाट क्लबको सिद्धान्त बुझ्ने अवसर पाएको थिए, मलाई अन्य साथीहरू र यस क्लबको समाजिक कार्य नजिक बाट नियाल्नु थियो। सो नजिक बाट नियाल्ने अवसर पाए राम्रो कार्यमा रहेछ, यसको समाज प्रतिको उत्तरदायित्व अझै फराकिलो बन्दै जावस मैले सक्ने सहयोग सदैव हुनेछ। र दुर्गममा बालबालिका सँग यसरी नजिक बाट माया साट्ने अवसर दिएको मा क्लब र विद्यालय परिवारलाई साथै सार्वजनिक विदाको दिन पनि यसरी सहभागी भएकोमा विद्यार्थीहरुलाई धन्यवाद दिएकी थिइन्।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र खड्का, शिक्षक अ.सं. अध्यक्ष गणेश केसी अभिभावक टेकबहादुर केसी, नबराज खड्का, शिक्षकहरू पूर्व प्राध्यापक मानबहादुर केसी, सहप्राध्यापक राम प्रकाश खड्का, शिक्षक रोशन खड्का, कार्यलय सहयोगी वीर बहादुर खड्काको उपस्थिति रहेको थियो ।

पूर्व प्राध्यापक मानबहादुर केसीले भने “मलाई यस्ता कार्य राम्रो लाग्छ तर पछिल्लो पुस्तामा यस्तो भावना निकै कम देखिन्छ। उनले भने रञ्जनाले र उज्यालो युवाले केही नयाँ र फरक कार्यको थालनि गरेका छन्। यसलाई आफुले सक्ने जति अगाडि बढाउनु होला।” साथै सहप्राध्यापक राम प्रकाश खड्काले भने “पछिल्लो समय हाम्रो क्षेत्रबाट सक्रिय रुपमा सञ्चालनमा रहेको यस उज्यालो युवा क्लबले समाजिक विशेष गरि विद्यालयमा दिलाएको योग्दान निकै प्रसंशा योग्य छ।

आज निकै टाढाको साथीहरूलाई भित्र्याएर केही फरक कार्य गरेको छ। यसको लागि क्लब परिवारलाई धन्यवाद छ। साथै यति टाढा दुर्गमको बस्तीमा आएर सामाजिक सेवाको भाव दिलाउनु हुने रञ्जना कामीलाई अझै आगामी दिनमा सशक्त भएर लाग्नु होला र तपाईं नेतृत्व भावले महिलालाई जागरुक बनाउन मद्दत पुर्याउछ।”

साथै शिक्षक संघका अध्यक्ष गणेश केसीले भने पछिल्लो समय युवा युवतीमा सहयोगी भाव निकै कम देखिन्छ। तर उज्यालो युवा क्लब र रञ्जनाको यो
कार्यबाट हामीले नि केही गर्न सक्ने रहेछौं। अब सुरु गर्न जरुरी रहेको र यस्तो कार्यमा लाग्नु पर्ने रहेछ भने भाव दर्शाएको मा उज्यालो युवा क्लब र रञ्जना कामीको टिमलाई धन्यवाद दिए ।
यस्तै विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र खड्काले भने, “पछिल्लो समय देश यस्तो भुमरीमा पसेको छ कि आम नागरिकलाई कुन कुरा सहि र कुन कुरा गलत छुट्याउन मुस्किल भइरहेको छ। देशमा महिला नेतृत्वको निकै कमि छ।

महिला भनेको घरको दैलो र चुलोका लागि मात्रै हुन भने यस्तो विकट भूगोलमा आएर रञ्जनाले दिनु भएको यो शिक्षाले पक्कै केही फरक ल्याउने छ। देश अझै सक्षम नेतृत्वमा ५० वर्ष पछाडि ढकेलिन सक्ने सम्भावना छ। अब युवाले त्यसलाई चिर्न जरुरी छ। ५० वर्ष पछाडि हैन अब ०८४ मैले सक्षम नेतृत्वलाई जिम्मा दिनुपर्छ। मैले रञ्जनालाई सामाजिक सञ्जालमा फ्लो गर्थे आज नजिक बाट नियाल्ने अवसर मिल्यो साच्चै तपाईै भित्रको त्यो समाजिक सेवा भाव अमुल्य रहेछ। तपाईं जस्तो महिला अबको देशको नेतृत्वमा पुग्नु पर्छ। तपाईं त कानुनको विद्यार्थी पक्कै तपाई जति सक्षम ब्यक्तिले भोलिका दिनमा कानुन निर्माणमा महत्त्वपूर्ण भुमिका निभाउनु हुनेछ।”

कार्यक्रममा सयको हाराहारीमा विद्यार्थी सहभागी भएका थिए। सम्पूर्ण सहभागी विद्यार्थीहरूलाई क्लब र रञ्जनाको टिमबाट प्रति ब्यक्ति २ वटा कापी र ५ वटा कलम दिएको थियो।

उज्यालो युवा क्लबका अध्यक्ष दिपेश खड्काले हामी सधैं तपाईं साथमा रहेका छौँ र सकेसम्म सकारात्मक कार्यबाट समाज परिवर्तन गर्ने प्रयास गर्ने छौँ।यस्तै आज कर्णाली प्रदेश स्थापना दिवस भएकोले सार्वजनिक विदामा पनि विद्यार्थीलाई उपस्थित गराउन भुमिका खेल्ने विद्यालय परिवार प्रति र उपस्थित विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया